एनआरएनए उपाध्यक्ष उम्मेदवार सोनाम लामाको ७ बुँदे प्रतिबद्धता सार्वजनीक

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए ) आइसिसी उपाध्यक्ष उम्मेदवार सोनाम लामाले आफना ७ बुँदे प्रतिबद्धतासहित घोषणापत्र सार्वजनीक गर्नुभएको छ । संघको नवौ विश्व सम्मेलनमा आइसिसी उपाध्यक्षमा उम्मेदवारी दिन लाग्नुभएको लामाले आफना विभिन्न ७ बुँदे प्रतिबद्धता सार्वजनीक गर्नुभएको हो ।

आगामी कार्यकालको लागि उपाध्यक्षमा बलियो उम्मेदवारको रुपमा प्रस्तुत हुनुभएको लामा गैर आवासीय नेपाली संघको अभियानमा लामो समयदेखि सक्रियतापूर्वक लाग्दै आउनुभएको छ ।

एनआरएन आइसिसीको भूतपूर्व अध्यक्ष देवमान हिराचनदेखि जीवा लामिछाने र शेष घलेसँग निकै निकट भएर काम गर्नुभएको लामाको एनआरएनमा ठूलो योगदान छ । विशेष गरि एनआरएन भवन, लाप्राक पोजेक्टमा उहाँले करोडौ सहयोग गर्नुभएको छ ।   लामा हरेक सामाजीक कार्यमा समेत सक्रिय हुनुहुन्छ । लामाले मुक्तीनाथ मन्दिरमा करोडौ खर्चेर बुद्धको मूर्ति  निर्माण गर्दै सबैलाई गतिलो पाठ समेत सिकाउनुभएको छ ।

गैर आवासीय नेपाली संघको स्थापना कालदेखि नै अभियानमा सक्रियतापूर्वक लाग्दै आउनुभएको लामाले सन २००९ मा एनआरएनए आइसिसी सदस्य भएर जिम्मेवारी निर्वाह गर्नुभयो । २००९ देखि २०१३ सम्म गरि दुई कार्यकाल आइसिसी सदस्य भएर जिम्मेवारी निर्वाह गर्नुभएको लामाले आइसिसी सदस्य हुँदा पनि निकै महत्वपूर्ण कार्य गर्न सफल हुनुभएको थियो ।

लामाले सन २०१३ देखि २०१५ मा गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाज् क्षेत्रको क्षेत्रीय सह(संयोजक (डिआरसी) को जिम्मेवारी निर्वाह गर्नुभयो । सन २०१५ देखि २०१७ कार्यकालमा लामाले अमेरिकाज् क्षेत्रको क्षेत्रीय संयोजक (आरसी ) पद्को जिम्मेवारी निर्वाह गर्नुभयो ।  लामा संघको अघिल्लो आठौ विश्व सम्मेलनमा उपाध्यक्षको प्रतिस्पर्धी हुनुहुन्थ्यो ।  यस्तो छ लामाले घोषणा गर्नुभएको घोषणपत्रको पूर्णपाठ;-

आदरणीय दिदीबहिनी एवं दाजुभाईहरुमा दशैं, तिहार, छठ पर्व र नेपाल सम्वतको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

“नेपालीका लागि नेपाली” भन्ने मूल उद्देश्यसहित स्थापित गैर आवासीय नेपाली संघ (एनआरएनए) को स्थापनाकालदेखि संघले अवलम्वन गरेको बाटो र उद्देश्य प्राप्तिको लागि मैले निरन्तर रुपमा लागि पर्दै आएको सबैमा पुनः स्मरण गराउन चाहन्छु । संघको तिनै उद्देश्य प्राप्तिको लागि अग्रज/अनुजहरुबाट सिक्दै गर्ने क्रममा मैले संघको बिभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय तह र तप्कामा रहेर कार्य सम्पादन गर्ने अवसर समेत मैले प्राप्त गरेको छु । जसको लागि मैले मेरो सार्मथ्यले भ्याएसम्म आर्थिक, नैतिक एवं सामाजिक रुपमा संघलाई सहयोग पुर्याउदै आईरहेको छु । 

निःस्वार्थ सेवाभावले सामाजिक सेवा प्रतिको मेरोे निरन्तर लगावलाई तपाईहरुकै साथ र सहयोगले सदैव पूर्णता पाउने कुरामा म ढुक्क रहदै आएकोछु । परिवर्तशिल परिस्थिती र बद्लिदो समयक्रमसँगै संघको उद्देश्य र लक्ष्यहरु परिमार्जन हुने क्रममा गर्नु पर्ने कामहरु धेरै नै छन् । तिनै बाँकी कामहरु सम्पन्न गर्न र गराउनको लागि आगामी अक्टोबर १५ देखि १७ तारिखसम्म सम्पन्न हुन लागेको एनआरएनएको ९ औं विश्व सम्मेलनमा उपाध्यक्ष पदको लागि उमेदवारी दिन लागेको घोषणा गर्न चाहन्छु ।

आशा एवं विश्वास छ मेरो उमेदवारीलाई तपाईहरुले अनुमोदन गरेर संघमा अझै काम गर्ने अवसर प्रदान गर्नु हुने नै छ । उमेदवारीसँगै बुँदागत रुपमा आफ्नो एजेण्डाहरु प्रस्तुत गर्न चाहन्छु ।

१) गैर आवासीय नागरिकता निरन्तरतालाई व्यवहारीक रुपमा कार्यान्वयनको लागि आवश्यक पहल कदमी गर्ने ।

) “भिजन २०२० एण्ड वियोण्ड” लाई पुर्ण रुपमा कार्यान्वयन गर्ने ।

३) समृद्व नेपालको लागि १० अर्व रुपैयाको सामुहिक लगानी कोष निमार्णको काम पूरा गर्ने

४) “भिजिट नेपाल-२०२०” सफल बनाउँन एक एनआरएनए सदस्य बराबर एक बिदेशी पर्यटन भित्र्याउन पहल गर्ने ।

५) बैदेशिक रोजगारीमा जाने नेपालीहरुको लागि कल्याणकारी कोष स्थापनाको कार्यलाई यथासिघ्र सम्पन्न गर्ने ।

६) एनआरएनएले शूरुवात् गरेको पुराना मेघा प्रोजेक्टहरुलाई समयमै सम्पन्न गर्न/गराउन लागि पर्ने ।

७) बिदेशमा आर्जन गरेको ज्ञान, सीप र क्षमतालाई देशमै उपयोग गर्ने उचित वातावरण निमार्ण गर्ने ।

अन्तमा मेरो औपचारिक उमेद्वारी र एजेन्डाहरुलाई श्रव्य-दृश्य माध्यमबाट समेत प्रस्तुत गरेको छु ।

 

Posted by Sonam Lama on Saturday, 12 October 2019

जय एनआरएनए ।

सोनाम लामा
उपाध्यक्षका उमेदवार
एनआरएनए आईसीसी, २०१९–२०२१


प्रकाशित | २६ आश्विन २०७६, आईतवार ०९:१३