प्रदेश २ का मुख्यमन्त्रीको घोषणा :अब ‘समाजवादी’ एक नम्बरको पार्टी बनाउँछौ

काठमाडौं: प्रदेश २ का मुख्यमन्त्री एवम् संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतले समाजवादी पार्टी एक नम्बरको बनाएरै छाड्ने बताउनुभएको छ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीचको एकीकरण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले जनताले वैकल्पिक शक्तीको खोजी गरिरहँदा समाजवादीले जनताको भावनालाई कदर गर्दै एक भएको बताउँदै अब एक नम्बर पार्टी बनेरै छाड्ने घोषणा गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेकपा र काँग्रेस फेल भइसकेका छन अब समाजवादी एक नम्बरमा मात्र होइन सातवटै प्रदेशमा समाजवादी पार्टी सरकार बन्नछ ।।


प्रकाशित | २३ बैशाख २०७६, सोमबार १६:२६