घुससहित वडाअध्यक्ष पक्राउ

बारा: बारा जिल्लाको गढिमाइ नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष रामजीप्रसाद बराई घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले मंगलबार उनलाई २ लाख ७५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो । विकास निर्माणको काममा सहज बनाइदिने भन्दै उनले घुस रकम लिएको अख्तियारले जनाएको छ ।


प्रकाशित | २२ जेष्ठ २०७६, बुधबार ०६:४१