फ्रान्सबासी नेपाली समुदायमा एनआरएनए फ्रान्सको अपिल (बिज्ञप्तिसहित )

सम्पुर्ण फ्रान्स बासी नेपाली दाजुभाई दिदीबहिनीहरुमा नमस्कार

कोभिड १९ को महामारीबाट फ्रान्स स्थित नेपालीहरुलाई पर्न गएको संकटलाई मध्यनजर गरेर एनआरएनए फ्रान्सले अत्यन्त संवेदनशील समयमा सरकारी अनुशासन र महामारीको उच्च जोखिम मोलेर गरेको निस्वार्थ मानविय कार्य अर्थात् खाध्यान्न राहत वितरणलाई विभिन्न व्यक्तिहरुले सुरुमा वाहियात,चर्चा कामाउने खराब तरिका,फ्रान्समा राहत आवस्यक पर्ने नेपाली नै नभएको लगायत समिति भित्रका सदस्यहरुको व्यक्तिगत मान मर्यादामा सम्म आँच र बदनाम गराउने हेतुले अनेक अशिक्षित,असभ्य र नकारात्मक टिक्का टिप्पणी गरेको कुरा यहाँहरुलाई जानकरी नै छ।

हामी यहाँ परिस्थितिको नाजुक्ता र त्यसले पार्ने सामाजिक मनोविज्ञानको धरातलीय अक्षांस र देशान्तर नापेर संयमता अपनाउदै बोलेनौ। स्मरण रहोस अन्तत्वगत्वा हामीलाई असभ्यता पस्केर गाली गलोज गर्ने तिनै व्यक्तिहरू हामीले थालनी गरेकै कार्य गर्दै फेसबुकमा लाइभ देखाउदै आशिर्वादहरू लिइरहेको कुरा यहाँहरु सामु लुकेको छैन।हामीले यहाँ नेर पनि सुभकामना नै दियौँ र राम्रो कामको प्रशंसा नै गर्यौं। त्यसपछि केही संस्थाहरुको अलवा राहत वितरणमा एउटा समिकरण बन्यो जस्मा अधिकांश संस्थाहरु एकै ठाउँमा उभिए र लक्षित उद्देश्य सम्पन्न पनि गरिसकेको यस अवस्थामा एक जना मनकारी नेपाली मुलका फ्रेञ्च नागरिकले यस महामारीमा म पनि फ्रान्स स्थित नेपालीहरुलाई खाध्यान्न सहयोग गर्न चाहन्छु, यसका लागि एनआरएनए फ्रान्सले समन्वय गरिदिनु पर्यो भने पछि हामीले यस पवित्र चाहनालाई स्विकार्दै एनआरएनए फ्रान्सको फेसबुकबाट सुचना पनि निकाल्यौ।यसै प्रसङ्गमा हामीलाई खेदो खनिरहने नेपाली समुदायका उनै प्रख्यात व्यक्तित्वले फेरी पनि राहत उपलब्ध गराउने व्यक्तिलाई तोकेर विवादीत कुरा लेखिदिनु भयो । यो हामीलाई उचित लागेन।पटक पटकको अनुभव र उहाँको एनआरएनए फ्रान्सको मञ्चलाई सामाजिक रुपमा बदनाम गराउने नियत बुझेर उक्त व्यक्तिवादी र व्यक्ति निहित प्रतिकृयालाई स्थान नदिएकै हो।

सबैलाई जानकारी रहोस एनआरएनए फ्रान्सले यस मञ्चलाई कसै प्रति दुर्भाव पुर्ण तरिकाले कुनै व्यक्तिलाई कसैले पनि बदनाम गराउने प्रयोजनार्थ दुरुपयोग हुन दिने छैनौं।त्यस किसिमका जिज्ञासा या गुनासाहरु भए यसका औपचारिक माध्यमलाई प्रयोग गर्न पनि सबैलाई अनुरोध गरिन्छ।

विवादित विषय माथि प्रकाश पार्नु पर्दा एनआरएनएको समन्वयमा राहत उपलब्ध गराउनु भएका मनकारी महानुभावले हामीसंग उक्त खाध्यान्न सहयोगको कुनै पनि पुरानो सामाजिक हिसाबकिताबसंग मिलान गर्ने गरी संबन्ध स्थापित गर्न चाहेको नभएर यो छुट्टै उहाँ कै सौजन्यः मा राहत वितरण कार्यक्रमलाई हामीले समन्वय मात्र गरेका हौँ।विगतमा बनेको संयन्त्रको असक्षमताले उठाउन नसकेको रकमलाई वर्तमान यस एनआरएनए कार्यसमितिले निरन्तर ताकेता गरि तत्कालीन संयन्त्रलाई बचनबद्ध गरेको रकम १५००€ उठाउन सफल भएको छ। यसरी दिवंगत स्व प्रदिप राना मगर संगको उहाँको लेनदेन छुट्टै एनआरएनएको खातामा हालिदिने बचन दिनु भएको छ।बचनबद्ध रकम प्राप्त भएको यस अवस्थामा त्यस रकमलाई कहाँ र कस्लाई पठाउने हो उक्त पुरानो संयन्त्रका सदस्यहरुसंग छलफल गरेर नै पठाउने हाम्रो योजना रहेको छ।यसरी एनआरएनए फ्रान्सले निस्वार्थ रुपमा काम गरिरहँदा पनि कुनै व्यक्तिले आफ्नो असक्षमताको कुन्ठा पोखेर सामाजिक वातावरण बिगार्दै एनआरएनए संस्था माथी नियतवश बदनाम गराउन गरेको घृणित कार्य प्रति हामी घोर भर्त्सना गर्दछौँ। साथै फ्रान्स बासी नेपाली दाजुभाई दिदीबहिनीहरु यस्ता किसिमका व्यक्तिहरुको पछि नलागी सही र सत्य कुराको मात्र समर्थन गरी सामाजिक वातावरण स्वच्छ राख्नका लागि हार्दिक अनुरोध पनि गर्दछौं।


प्रकाशित | ९ जेष्ठ २०७७, शुक्रबार १८:५२