ओली र नेपालबीच टेलिफोन संवाद

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल बीच टेलिफोन संवाद भएको छ । अध्यक्ष ओलीले नेपाललाई टेलिफोन गरेर भेटवार्ताको प्रस्ताव राख्नु भएको छ ।

आजै बालुवाटारमा बसेको बैठकले नेता नेपाल सहित भीम रावल, घनश्याम भूसाल र सुरेन्द्र पाण्डेको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।
तर स्थायी कमिटी बैठक राखेर कारबाही फुकुवाको निर्णय गरेको छ । बैठकले ओलीलाई नेता नेपालसँग सम्वाद गर्ने र सहमति गर्ने थप अधिकार पनि दिएको छ ।

२७ वैशाखमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन नसकेपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दलहरुको संयुक्त सरकारका निम्ति दिएको समय आजै सकिदैछ ।


प्रकाशित | ३० बैशाख २०७८, बिहीबार १२:३५