मेलबोर्नमा ” बिचार र अनुभूति ” पुस्तकको हस्ताक्षर समारोहको आयोजना हुँदै

मेलबोर्न : नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्षबारे लेखक कपिल लोहनी द्वारा लिखित पुस्तक “बिचार र अनुभूति ” को हस्ताक्षर समारोहको आयोजना हुन गइरहेको छ । लेखक स्वयंको उपस्थितिमा न्युबरी स्कुल नजिकैको पार्कमा शनिबार 14 December 2019 का दिन बिहान १० – १२ बजे सम्म संचालन हुने कार्यक्रममा अस्ट्रेलियाको मेलबोर्नमा अबस्थित सम्पूर्ण नेपाली समुदायहरुलाई उपस्थित हुनका लागि आयोजकका तर्फबाट आग्रह गरिएको छ ।

उक्त कार्यक्रमका संयोजक श्री राम सापकोटा, मोबाइल नम्बर 0425223572 लाई कार्यक्रमका सम्बन्धमा केहि जानकारी चाहिएमा सम्पर्क गर्नका लागि उहाले सम्पूर्ण नेपाली समुदायहरुलाई बिनम्र अनुरोध गर्नु भएको छ ।

लेखक कपिल लोहनी द्वारा लिखित उक्त पुस्तक ” बिचार र अनुभूति ” केहि समय पहिले काठमाडौंमा एक समारोहका बीच बिमोचन गरिएको र त्यसका साथै नेपालका बिभिन्न स्थान धरान, बिराटनगर, पोखरा र नेपाल बाहेक म्यान्मारको याङ्गुनमा हस्ताक्षर समारोह सम्पन्न भइसकेको छ । ” द माइल स्टोन ” अंग्रेजी पत्रिकाका सम्पादकका रुपमा काम गरिसकेका लेखक लोहनीले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । बिकास अर्थशास्त्रीका रुपमा चिनिने लेखकसंग्ग २० औ बर्षको बैंकिंङ् तथा निक्कै लामो समय बिभिन्न आर्थिक बिकासका योजनाहरुमा काम गरेको अनुभब रहेको छ । लेखक नेपाल टेलिभिजन बाट प्रसारण भइरहेको “अर्थको अर्थ ” कार्यक्रमका सस्थापक मध्यका एक हुन् ।

बहुप्रतीभाका धनि लेखक लोहनी बरिस्ठ संगीतकार स्व. अम्बर गुरुङका चेला हुन् र उनको स्वर र संगीतमा दर्जनौ गीतहरु रेकर्ड भएका छन् । “नेपाल एकल व्यक्तित्व समाज ” का अध्यक्ष लोहनी बिभिन्न संस्थाहरुमा आबद्ध रहनुका साथै उनि अन्तर्राष्ट्रिय निर्बाचन परिबेक्षण समुहमा रही निर्बाचन परिबेक्षण गरिसकेका छन् । लेखक लोहनीको पुस्तकको मेलबोर्न हस्ताक्षर समारोहमा उपस्थित भइ उनलाई हौसला प्रदान गर्नु हुनका लागि किताब प्रेमी तथा सम्पूर्ण नेपाली समुदायलाई आयोजकका तर्फबाट बिनम्र अनुरोध गरिएको छ ।


प्रकाशित | २० मंसिर २०७६, शुक्रबार ०८:२४