अछाममा प्रहरीले मरणासन्न हुने गरि कुटे पत्रकार

अछाम: अछाम जिल्लाको कमल बजार नगरपालिकाले आयोजना गरेको उप मेयर कप फुटबल प्रतियोगिताको फाइन खेलमा रिपोर्टिङ गर्न गएका पत्रकार कुटीएका छन् । कलमबजार नगरपालिकाले कार्तिक ४ गतेदेखि आयोजना गरेको उपमेयर कप फुटबल प्रतियोगिताको सोमबारको फाइनल खेलको रिपोर्टिङ गर्न गएका सारथी संसार डटकमका पत्रकार लोकेन्द्र विश्वकर्मा निर्घात कुटिएका हुन ।

इन्सपेक्टर भाष्कर चन्दले गालीगलोज गर्दै मरणसन्न हुने गरि कुटपिट गरेको पीडित पत्रकार लोकेन्द्र विकले बताउनु भयो ।

फाइनल खेलमा दुईपक्षको झडप हुन थालेपछि क्यामेरामा उक्त झडपको दृश्य कैद गर्न थालेपछि पत्रकार विश्वकर्माको क्यामेरा स्वयम इन्सपेक्टर चन्दले खोसेर भुईमा बझारेको पत्रकार विश्वकर्माको भनाई छ ।

उता अछाम प्रकरीका इन्सपेक्टर भाष्कर चन्दले पत्रकार विश्वकर्मालाई आफूले नभइ हुलमा कस्ले कुटपिट गरेको आफूलाई जानकारी नभएको प्रतिक्रिया दिनु भयो । उहाँले घटनास्थलमा केही समयपछि मात्रै आफू उपस्थित भएको उहाँको भनाइ छ ।

पत्रकार विकको क्यामेरा आफूले नखोसेको र अभद्र व्यवहार पनि नगरेको बताउँदै झडपमा प्रहरीको तर्फबाट भएको गल्तीबारे आफूले माफि चाहेको प्रतिक्रिया दिनुभयो । उहाँले हुलमूलमा नचिनेर पनि गल्ती हुन सक्ने बताउनु भयो । यस्ता घटनाको प्रहरी प्रधान कार्यालयबाटै छानविन हुनुपर्ने र दोषी जो भए पनि कारबाहीको भागिदार हुनुपर्ने पीडित पक्षको माग रहेको छ । साभार: कैलास खवर अनलाईन


प्रकाशित | ७ कार्तिक २०७९, सोमबार २२:५०