प्रचण्डको नेतृत्वमा सरकार बनाउने बालकोट बैठकको निर्णय

काठमाडौँ: एमाले लगायतका दलको समर्थनमा माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले दाहाललाई साढे २ वर्षको लागि प्रधानमन्त्री बनाउने सहमति भएको हो । त्यसपछि एमालेले प्रधानमन्त्री लिनेछ ।

बैठकले राष्ट्रपतिसमक्ष आइतबारै दाबी पेश गर्ने सहमति गरेको छ । दाहाललाई एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२ र अन्य साना दलको समेत समर्थन जुटेको बताइएको छ ।


प्रकाशित | १० पुष २०७९, आईतवार १६:०५