ग्लोबल गोरखा समाजमा चार सदस्यीय संरक्षक समिति, प्रमुखमा थापा, संरक्षकमा गुरुङ, अर्याल र अधिकारी

काठमाडौं : ग्लोबल गोरखा समाजको तेस्रो अधिवेशनले चार सदस्यीय संरक्षक समिति गठन गरेको छ । शुक्रबार गोरखा बजारमा सम्पन्न अधिवेशनले रामप्रताप थापा प्रमुख संरक्षक रहेको संरक्षक समिति गठन गरेको हो ।

थापा गैर आवासीय नेपाली संघका संस्थापक तथा जर्मनीका लागि नेपाली महावाणिज्यदूत समेत हुनुहुन्छ ।

त्यस्तै, संरक्षकमा जयप्रकाश गुरुङ (बेलायत) लाई चयन गरेको छ । गुरुङ समाजको संस्थापक अध्यक्ष तथा एनआरएनएका उपाध्यक्ष हुनुहुन्छ ।

समाजका विधान समितिका संयोजक हरिहर अर्याल (फ्रान्स) पनि संरक्षकमा चयन हुनु भएको छ ।

त्यस्तैगरि, निवर्तमान अध्यक्ष विनय अधिकारी पनि सर्वसम्मत रुपमा विधान अनुरुप संरक्षक समितिमा चयन हुनु भएको छ । अधिकारी एनआरएनए उपमहासचिव हुनुहुन्छ ।

अधिकारीको कार्यकालमा समाजलाई विश्वभरि चिनाउने र २९ शाखा विस्तार तथा कोभिड महामारीमा गोरखा जिल्लामा करोडौको स्वास्थ्य सामाग्री सहयोग गर्न सफल भएको थियो ।


प्रकाशित | ५ कार्तिक २०७९, शनिबार २१:५२