सरकार संवैधानिक निकायहरुमाथि हस्तक्षेप गर्न लागिपर्यो : सभापति देउवा

कास्की: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार संवैधानी निकायहरुमाथि हस्तक्षेप गर्न लागिपरको बताउनुभएको छ । सरकारले एकपछी अर्को गर्दै हरेक संवैधानीक निकायहरुमाथि हस्तक्षेप गर्न लागिपरहेको बताउनुभयो । देशभरका जिल्ला कोषाध्यक्षहरुको भेलालाई सम्बोधन गर्दै सभापति देउवाले वर्तमान सरकारले नेपाली सेनामाथि हस्तक्षेप गर्न लागेको आरोप लगाउनुभएको हो ।

देउवाले लोकतन्त्रमा सेना स्वतन्त्र रहने उल्लेख गर्दै सेना परिचालन गर्ने अधिकार कसैलाई नभएको बताउनुभयो । विश्वमा प्रधानमन्त्रीले सेना परिचालन गर्ने अधिकार कहीँ नभएका भन्दै सरकार संवैधानिक निकायहरुमाथि हस्तक्षेप गर्न लागिपरेको आरोप उहाँको छ । ओली नेतृत्वको सरकार गठन भएको एक वर्ष बिते जनअपेक्षा अनुरुपका केही काम गर्न नसकेको बताउँदै मुलुकमा भ्रष्टाचार, अराजकता मौलाएको भन्दै वर्तमान सरकाको गलत कामका विरोधमा डटेर लड्नुपर्ने बताउनुभयो ।


प्रकाशित | २८ चैत्र २०७५, बिहीबार १९:२०