पोल्याण्डका नेपाली सुरक्षीत छौ, कुनै समस्या परे सहयोग गर्न एनआरएनए तयार छ: नरेश सापकोटा

पोल्याण्ड:  गैर आवासीय नेपाली संघ (एनआरएनए ) पोल्याण्डले कोरोना भाइरसले विश्वब्यापी महामारीको रुप लिइरहेको अवस्थामा पोल्याण्डमा रहेका नेपाली भने सुरक्षीत रहेको जनाएको छ । एनआरएनए पोल्याण्ड अध्यक्ष नरेश सापकोटाले अहिलेसम्म कोही पनि नेपालीमा कोरोना संक्रमण नभएको र सबै सुरक्षीत रहेको जानकारी दिनुभयो ।

अध्यक्ष सापकोटाले विश्व सन्देशसँग कुराकानी गर्नुहुँदै पोल्याण्डका सबै नेपाली सुरक्षीत रहेको र  कुनै समस्या परे सम्पर्क गर्न अपिल गरिरहेको बताउनुभयो ।

कोरोनाको कारण कोही पनि नेपाली समस्यामा परे एनआरएनएले खाना र स्वास्थ्यउपचारमा कमी आउँन नदिने भन्दै अध्यक्ष सापकोटाले पोल्याण्डमा बस्ने सबैतीरका नेपालीसँग नियमीत सम्पर्कमा रहेको बताउनुभयो । अध्यक्ष सापकोटाका अनुसार पोल्याण्डमा २५  सय देखि ३
हजार नेपाली रहेको अनुमान गरिएको छ ।

अध्यक्ष सापकोटाले टाढा टाढा ठाउँमा बस्ने नेपालीको अवस्था बुझन एनआरएनएको टोली गइरहेको पनि जानकारी गराउनुभयो ।

पोल्याण्ड सरकारले अहिलेसम्म काम भने बन्द नगरेकाले धेरै जसो नेपाली काममै रहेको बताउँदै अध्यक्ष सापकोटाले पोल्याण्डबासी नेपालीमा सरकारले दिएको निर्देशनलाई पालना गर्न र सुरक्षीत भएर बस्नको साथै कुनै समस्या परे एनआरएनएलाई सम्पर्क गर्न आग्रह समेत गर्नुभयो ।

पोल्याण्डमा बसोबास गर्नुहुने कुनै पनि नेपालीलाई समस्या परेको जानकारी प्राप्त भए खाना र स्वास्थ्यउपचारमा कमी आउँन नदिने अध्यक्ष सापकोटाको भनाइ छ ।  एनआरएनए पोल्याण्डले आउन सक्ने सम्भावीत समस्याप्रती सचेत हुँदै तयारी अवस्थामा रहेको र तत्कालका लागि गर्नुपर्ने सबै तयारी भइसकेको बताउनुभयो ।

कोरोनाबाट बच्न र पूर्वतयारी अपनाउनको लागि पोल्याण्डको कुनाकुना पुगेर अहिलेसम्म १३ सय ५० माक्स वितरण गरिसकिएको बताउनुभयो । त्यस्तै, अध्यक्ष सापकोटाले विभिन्न संघसंस्थालाई एकभएर विपत्तिमा जुट्न आग्रह समेत  गर्नुभयो ।

उता पोल्याण्डमा कोरोना भाइरस प्रभावीतको नाममा सहयोग संकलन गर्ने कार्यप्रति भने एनआरएनए पोल्याण्डले गम्भिर ध्यानर्कषण भएको जनाएको छ ।

पोल्याण्डमा दर्ता भएको एकमात्र एनसिसी भएको भन्दै ब्यक्तीगत ढंगले कसैले कोरोना प्रभावीतको नाममा सहयोग संकलन गरिरहेको भए सहयोग नगर्न एनआरएनएले सबैमा सचेत गराएको छ ।

अध्यक्ष सापकोटाले पोल्याण्डमा एनआरएनमार्फत समस्यामा परेका नेपालीलाई सहयोग गरिने भन्दै ब्यक्तीगत स्वार्थ पूर्ति गर्न खोज्नेप्रति आपत्ति जनाउनुभयो । विपत्तिमा संस्थागत हितभन्दा बाहिर गएर काम नगर्न पनि निर्देशन दिनुहुँदै कसैले संस्थालाई बदनाम गराउने र विपत्तिको नाममा फाइदा उठाउने कार्य गरेमा सह्य नहुने बताउनुभयो ।

 


प्रकाशित | २७ चैत्र २०७६, बिहीबार १५:५९