एनआरएनए पूर्वउपाध्यक्ष श्रेष्ठ उपराष्ट्रपतिबाट सम्मानित

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ सम्मानीत हुनु भएको छ । काठमाडौंमा शनिबार फोकस नेपालले श्रेष्ठलाई सम्मान गरेको हो । सो अवसरमा समाजमा विभिन्न पेसा, व्यवसाय र समाजसेवामा क्रियाशीललाई पनि सम्मान गरिएको थियो ।

No description available.

उपराष्ट्रपति नन्दबहादुर पुनले श्रेष्ठसहित राष्ट्र बैंकका डेपुटी गर्भनर डा.निलम ढुंगानालगायतलाई सम्मान गर्नुभएको हो । समाजसेवासहित नेपालमा विदेशी लगानी भित्र्याउन योगदान दिएको भन्दै श्रेष्ठलाई सम्मान गरिएको संस्थाका अध्यक्ष रामचन्द्र पोखरेलले जानकारी दिनुभयो ।

श्रेष्ठको नेतृत्वमा झण्डै एक अर्बको लगानीमा नेपालमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले औषधि उत्पादन सुरु गर्दैछ । उहाँले नेपालमा उद्योग, व्यवसाय र सेवा क्षेत्रमा करोडौं लगानी गर्नुभएको छ ।


प्रकाशित | ५ कार्तिक २०७९, शनिबार २०:४१