डा. केसी र सरकारबीच १० बुँदे सहमति, तोडियो अनशन

काठमाडौं -अनशनरत डा. गोविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग १० बुँदे सहमति भएसँगै डा. केसीले अनशन तोडेका उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।

केसीले बिरामी अमनलाल चौधरीको हातबाट जुस पिएर अनशन तोडेका हुन् । सहमतिलाई अनुमोदनका लागि मन्त्रिपरिषद्मा पेस गर्ने समेत सम्झौता भएको छ ।

केसीका मागमध्ये धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई बर्खास्त गर्ने मागका विषयमा भने कुनै सहमति हुन सकेको छैन । उक्त मागका विषयमा निरन्तर संघर्षमा रहने केसी पक्षले जनाएको छ ।

विभिन्न ७ बुँदे माग राख्दै भदौ २७ गतेदेखि डा.केसीले धनगढीबाट २० औं सत्याग्रह शुरु गरेका थिए ।


प्रकाशित | ८ आश्विन २०७९, शनिबार २१:१२