साउदी अरबले थाइल्याण्डका नागरिकलाई यात्रा प्रतिबन्ध हटायो

रियाद – साउदी अरेबियाले थाइल्याण्डका नागरिकहरूलाई यात्रा प्रतिबन्ध हटाएको छ । साउदी प्रेस एजेन्सीका अनुसार यात्रा प्रतिबन्ध् हटाउँदै थाईहरूलाई राज्य प्रवेश गर्न अनुमति दिने घोषणा गरिएको हो ।

साउदी अरेबिया र थाइल्याण्डले जनवरीमा पूर्ण कूटनीतिक सम्बन्ध र राजदूतहरूको योजनाबद्ध आदानप्रदान पुनर्स्थापित गरेका थिए । थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चानओचा दुई दिने औपचारिक भ्रमणका लागि रियाद पुगेपछि यो कदम चालिएको हो।


प्रकाशित | २६ फाल्गुन २०७८, बिहीबार १२:३५