ग्लोबल गोरखा समाजका संस्थापक अध्यक्ष जयप्रकाश गुरुङ सम्मानीत

काठमाडौं : ग्लोवल गोरखा समाजका संस्थापक अध्यक्ष तथा एनआरएनए उपाध्यक्ष जयप्रकाश गुरुङ सम्मानीत हुनु भएको छ । विनय अधिकारी नेतृत्वको समाजले गुरुङलाई सम्मान गरेको हो ।

No description available.

गैर आवासीय नेपाली संघ र समग्र गोरखाको आर्थिक सम्मृद्धि तथा विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै समाजले सम्मान गरेको हो । शुक्रबार गोरखा बजारमा आयोजित ग्लोवल गोरखा समाजको तेस्रो अधिवेशनको अवसरमा पूर्व उपप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सम्मान गर्नु भयो ।

No description available.

सो अवसरमा गैर आवासीय नेपाली संघका संस्थापक रामप्रताप थापा पनि सम्मान गरिएको थियो ।

No description available.

संस्थाका अध्यक्ष विनय अधिकारीले ग्लोवल गोरखा समाज प्रवासमा रहेको जिल्लागत संस्थाभन्दा सबैभन्दा ठूलो तथा बलियो संस्था भएको बताउँदै कोभिड महामारीमा संस्थाले गोरखमा करोडौको स्वास्थ्य सामाग्री सहयोग गरेको बताउनु भयो । अधिकारीले संस्था यो अवस्थामा आउनुमा थापा र गुरुङको महत्वपूर्ण योगदान रहेको र उहाँहरुको योगदानको कदर गर्दै सम्मान गरिएको बताउनु भयो ।

No description available.

प्रकाशित | ५ कार्तिक २०७९, शनिबार १०:५२