उपत्यकामा २ हजार ३८८ सहित ३ हजार ७९० कोरोना संक्रमित थपिए, १८ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७९० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ जना पुगेको छ। पछिल्लो २४ घण्टामा १५ हजार ७१४ जनाको पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा २ हजार ३३५ कोरोना संक्रममण मुक्त भएका छन् । योसँगै हालसम्म ९४ हजार ५०१ जना निको भएका छन्। आज देशभर ४० हजार ७७८ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ८, ललितपुरमा २ सय ८१ र भक्तपुरमा ९९ जनालाई कोरोना संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ७५७ पुगेको छ।


प्रकाशित | ३ कार्तिक २०७७, सोमबार १६:३९