झापामा १७ जनामा कोरोना सङ्क्रमण पुष्टि

नवराज कट्टेल/ विराटनगर

झापामा बुधबार १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोशी अस्पतालस्थित प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार दिउँसो १७ जनाको नतिजा पोजेटिभ आएको अस्पतालका मेसु डा. संगिता मिश्राले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण पुष्टिबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने औपचारिक जानकारी गराएको छैन ।

सङ्क्रमितमध्ये झापा केचनाकवल गाउँपालिकाका १५ र गौरादहका २ जना रहेका छन् । योसँगै प्रदेशमा सङ्क्रमितको संङ्ख्या १०४ पुगेको छ, भने यस अगडि २६ जना डिस्चार्ज भइसकेका छन् । कोभिड–१९ उपचार केन्द्र व्यवस्थापन संयोजक ज्ञानबहादुर बस्नेतका अनुसार आज थप चार जना डिस्चार्ज हुँदैछन् । स्रोत: गोरखापत्र अनलाइन


प्रकाशित | १४ जेष्ठ २०७७, बुधबार १५:४०