‘भिजिट नेपाल २०२०’ को अभियान सफल बनाउन सबैको सहयोग आवश्यक: सांसद बस्नेत

काठमाडौँ : पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भिजिट नेपाल २०२० को अभियान सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभएकोछ । हिमालय नातिली कार्यक्रम प्राइवेट लिमिटेडद्वारा यहाँ आयोजित ‘नेपाली लोक संगीत पुरस्कार दक्षिण कोरिया २०१९’ को समारोहमा बोल्दै सांसद बस्नेतले नेपाल सरकारले भिजिट नेपाल २०२० को अभियान सञ्चालन गर्ने क्रममा रहेकोे बताउँदै उक्त अभियानलाई सार्थकता तुल्याउन दक्षिण कोरियामा आयोजना गर्न लागिएको कार्यक्रमले नेपालको वर्तमान अवस्था र पर्यटन पवद्र्धनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले पछिल्लो समय नेपालले कुनै पनि चिरपरिचित कार्यक्रमहरु खाज्ने भन्दा पनि नेपाललाई खाज्दै आउने क्रम शुरु भएको बताउँदै आगामी दिनमा नेपालले विकसित मुलुकमा अपमानित हुनुपर्ने दिनको अन्त्य हुँदै सम्ममानित तथा गर्व महशुस गर्ने वातावरण सिर्जना भइरहेको बताउनुभयो ।

नेपालमा गर्ने भनिएको आइफा अवार्डका सवालमा अनावश्यक प्रचार गरी नेपालमा नुहने वातावरण सिजर्नना गरिएकोमा दुःख व्यक्त गर्दै आइफा अवार्डका सवालमा कागले कान लग्यो भन्दैमा आफ्नो कान नछामी कागको पछि लाग्ने कार्य भएको बताउनुभयो । आइफा अवार्डले नेपालको पर्यटन प्रवद्र्धन तथा भिजिट नेपाल २०२० लाई सफलतामा पुर्याउने एउटा महत्वपूर्ण कार्य भएको तर त्यसलाई अनावश्यक प्रचार गरी नेपालमा उक्त अवार्ड नहुने स्थिती सृर्जना भएको उहाँले बताउनुभयो । उहाँले कतिपय बुद्धिजीवि तथा मिडियाको मिसन नै सरकारको आलोचना गर्ने मात्र भएको बताउँदै अनावश्यक रुपमा सस्तो प्रकारको टिका टिप्पणीको कुनै अर्थ नहुने बताउनुभयो ।

नेपालको कला, संस्कृति, संगितलगायतका क्षेत्रबाट विश्वसामू चिर परिचित गराउने कलाकार मनोरञ्जनका साधन मात्र नभई राष्ट्रका गहना भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कुनै पनि वस्तु वा पदार्थको संकलनलाई मात्र ध्यान दिएर हुँदैन, वितरणलाई पनि ध्यान दिनुपर्छ । संकलन र वितरणको तालमेल नहुनु नै घोटलाको समस्या हो ।’

कुनै पनि काम गर्ने आँट गर्नु नै सफलताको बाटोमा अघि बढ्नु भएको बताउँदै उहाँले नेपालको कला, संस्कृति, संगितलगायतका कुराहरुलाई विश्वसामू परिचत गराउन कलाकारको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । नेपालमा जति पनि अनौपचारीक रुपमा भइरहेका गतिविधिलाई औपचारीकतामा ल्याउनको लागि पछिल्लो समय कानुनी आधारहरु तयार भएको बताउँदै उहाँले भन्नुभयो, ‘पानी ट्याङ्कीमा पानी हुने तर धारामा पानी नआउने समस्याको अन्त्य गर्नुपर्छ ।’


प्रकाशित | ८ श्रावण २०७६, बुधबार १२:५३