नेपालमा थप ८८४ जनामा कोरोना संक्रमण, ३१३ जना डिस्चार्ज

काठमाडौं – नेपालमा थप ८८४ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ५ सय १६ जनाको पीसीआर परीक्षण गरिएकोमा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा. जागेश्वर गौतमका अनुसार २४२ महिला र ६४२ पुरुष गरेर २४ घण्टामा ८८४ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै, पछिल्लो २४ घण्टामा ३१३ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या २० हजार ५५५ पुगेको छ।

शनिबार काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ संक्रमित थपिएका छन्।

नेपालमा पीसीआर परीक्षणको कुल संख्या ६ लाख ६९ हजार ६३६ पुगेको छ। अहिले क्वारेन्टाइनमा ८ हजार ३५ जना रहेका छन्।


प्रकाशित | १३ भाद्र २०७७, शनिबार १६:३८