भूकम्प मापन गर्ने ‘सिस्मोमिटर’जडान

पर्वत : जिल्लामा पहिलोपटक भूकम्प मापन गर्ने ‘सिस्मोमिटर’ जडान भएको छ । सदरमुकाम कुश्माको पर्वत गुरुकुल एकेडेमीमा उक्त मिटर जडान भएको हो । स्वीट्जरल्याण्डमा रहेको युनिभर्सिटी अफ लोजानले नेपालका विभिन्न २३ विद्यालयमा भूकम्प मापनयन्त्र जडान गर्ने अभियानअन्तर्गत उक्त यन्त्र जडान गरिएको हो । यन्त्र जडान गरेपछि नेपालदेखि विदेशसम्म जाने गरेका एक म्याग्नीच्युडभन्दामाथिका सबै भूकम्पको मापन तथा रेकर्ड रहनेछ ।


प्रकाशित | १४ बैशाख २०७६, शनिबार १२:३८