एनआरएनए अमेरिकाको निर्वाचन मिती घोषणा, यस्तो छ निर्वाचन तालिका

टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले आगामी कार्यकालको लागि निर्वाचनको मिती घोषणा गरेको छ । आगामी (२०२१- २३ ) को निर्वाचन मिती घोषणा गरिएको हो । सार्वजनिक तालिका अनुसार एनआरएनए अमेरिकाको निर्वाचन मे महिनाको अन्तिम अर्थात लागि मे २९ र ३० का दिन सम्पन्न हुने छ ।

अनलाईन भोटिङ मार्फत मतदाताले मत प्रदान गर्ने व्यवस्था रहेको निर्वाचनको मतगणना भोलीपल्टै अर्थात मे ३१ तारिखमा नजिता सार्वजनिक गरिने छ । संस्थाको सार्वजनिक तालिकामा उल्लेख भए अनुसार निर्वाचित कार्यसमितीको सपथ तथा पदभार ग्रहण जुलाई ३ का दिन हुने छ ।

अप्रिल ६ सम्म उम्मेदवारले आफ्नो उमेद्वारी दर्ता गरिसक्नु पर्नेछ । उम्मेदवारी दर्ता शुल्क अध्यक्ष पदका लागि २ हजार अमेरिकी डलर, बरिष्ठ उपाध्यक्ष पदका लागि १५ सय डलर, उपाध्यक्ष र महिला उपाध्यक्ष १३ सय डलर, महासचिव पद १५ सय डलर, सचिव खुल्ला तर्फ, सचिव महिला र कोषाध्यक्षका लागि १ हजार डलर, सह कोषाध्यक्ष पदका लागि ८ सय डलर, युवा संयोजक र महिला संयोजक पदका लागि ७ सय डलर र बोर्ड अफ डाईरेक्टर तथा सदस्यका लागि पनि ७ सय डलर तोकिएको छ ।

त्यस्तै, च्याप्टर र क्षेत्रका उमेद्वारका हकमा च्याप्टर अध्यक्षका लागि ५ सय, च्याप्टर उपाध्यक्ष र सचिव पदका लागि ३ सय, सह सचिव र कोषध्यक्षका लागि २ सय, महिला संयोजक, युवा संयोजक र बोर्ड सदस्य पदको उमेद्वारीका लागी एक सय अमेरिकी डलर उम्मेदवारी शुल्क तोकिएको छ ।


प्रकाशित | २३ चैत्र २०७७, सोमबार १२:०१