तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन, कसले पाए कुन मन्त्रालय ?

काठमाडौं: नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनियताको शपथ लिनु भएको छ । दाहालले आफूसँगै आठ सदस्यीय मन्त्रिपरिषद् पनि गठन गर्नु भएको छ ।

मन्त्रिपरिषद्मा एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्रीसहित अर्थमन्त्री, माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी पाउनु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्नु भएको छ ।

एमालेबाट मन्त्री बन्नु भएको ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्र कुमार राई र जनमत पार्टीका अब्दुल खान पनि मन्त्री बने पनि उहाँहरुको कार्यभार तोकिएको छैन । आजै सबै मन्त्रीहरुले शीतलनिवासमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ लिनु भएको हो ।


प्रकाशित | ११ पुष २०७९, सोमबार १७:०१