नागरिकतासम्बन्धी विधेयक दोस्रो पटक पनि बहुमतले पारित

काठमाडौं : राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ प्रतिनिधिसभाबाट पारित गरिएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेश गरिएको सो प्रस्ताव बहुमतले पारित भएको हो ।

विधेयकको प्रस्तावको पक्षमा १३५ मत, विपक्षमा ६० मत परेको थियो । सभामा तत्काल कायम रहेको सदस्य संख्या १९५ रहेको र प्रस्तावको पक्षमा बहुमत रहेकाले सो प्रस्ताव बहुमतले पारित भएको सभामुख अग्नीप्रसाद सापकोटाले घोषणा गर्नुभयो ।

यस अघि गृहमन्त्री बालकृष्ण खाँणले सो विधेयकबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनु भएको थियो ।  प्रतिनिधिसभाको अर्को बैठक भदौ ५ गते आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।


प्रकाशित | २ भाद्र २०७९, बिहीबार २१:१२