सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका राजेन्द्रसिंह रावल नियुक्त

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्रसिंह रावल नियुक्त हुनु भएको छ । प्रदेश प्रमुख देवराज जोशीले एमालेका संसदीय दलका नेता रावललाई मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ सांसदको आवश्यकता पर्छ । एमाले नेता रावलको समर्थनमा एमाले १०, माओवादी केन्द्र ११, नागरिक उन्मुक्ति ७ र राप्रपा एक गरी २९ सांसद छन् । प्रदेशसभामा एमाले तेस्रो ठूलो दल हो ।

कञ्चनपुरबाट समानुपातिकबाट एमालेको प्रदेशसभा सदस्यमा निर्वाचित हुनु भएको थियो । प्रदेश प्रमुखको कार्यालयले बिहीबार बिहान मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणको कार्यक्रम राखीएको छ ।


प्रकाशित | २७ पुष २०७९, बुधबार १८:२१