बाजुरामा भाइरल ज्वरोको प्रकोप: एकको मृत्यु

बाजुरा : पाडीगाउँमा एक सातादेखि भाइरल ज्वरोको प्रकोप बढेको छ । भाइरल ज्वरोका कारण एक जनाको मृत्यु भइसकेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराका अनुसार जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीकी ५५ वर्षीया छञ्चकला बुढाको ज्वरोका कारण मृत्यु भएको हो । मौसम परिवर्तनका कारण मानिसलाई रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखापरेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । एक सातादेखि हिमालीको क्युडी र पाडीगाउँमा रहेका सबै परिवारका सदस्य भाइरल ज्वरोको प्रकोपमा छन् ।


प्रकाशित | २२ बैशाख २०७६, आईतवार ०९:२२