काठमाडौं – काठमाडौं उपत्यकामा बढ्दो कोरोना संक्रमणलाई ध्यान दिर्दै कोरोना नियन्त्रणका लागि सर्वसाधारणलाई सचेत गराउने उद्देश्यले सचेतनामूलक र्याली निकालीएको छ ।

पूर्वी उपत्यका मोबाइल इलेक्ट्रोनिक्स ब्यबसायी संघ र काँडाघारी प्रहरी प्रभागको समन्वयमा कागेश्वरी मनोहरा नगरपालिकाको निर्णयलाई पालना गर्न गराउन आग्रह गर्दै सचेतनामूलक र्याली निकालीएको हो ।

काठमाडौ महानगर वडा न. ३२ लगायत कागेश्वरी मनोहराको अति ब्यस्त देखिने वडा ७, ८ र ९ को बिभिन्न क्षेत्रमा सचेतनामुलक सन्देस सहित र्याली निकालीएको हो । साथै सडक ब्यबसायीक स्थलहरुमा मास्कको प्रयोग नगर्नेहरुलाई निशुल्क मास्क समेत वितरण गरिएको थियो ।

कागेश्वरी मनोहरा नगरपालिकामा केहि दिन यता संक्रमितहरुको संख्या बढ्दै गएपछी नगरपालिकाले एक प्रेस बिज्ञप्ति जारी गर्दै विभिन्न ब्यबसायहरु तोकेरै संचालनमा प्रतिबन्ध लगाएको थियो ।

तर यसको कार्यान्वयन हुन नसक्दा यस क्षेत्रका बासिन्दाहरु अझ जोखिममा रहेको भन्दै पुर्बी उपत्यका मोबाइल इलेक्ट्रोनिक्स ब्यबसायी संघका पदाधिकारीहरुले सम्पुर्ण ब्यबसायीहरुलाई केही समयका लागि आफ्नो ब्यबसायहरु बन्द गरि आफू आफ्नो परिवार र समुदाय सुरक्षित राख्न सहयोगको लागि अपिल गरेको हो ।

साथै संघमा आबद्द मोबाइल इलेक्ट्रोनिक्स ब्यबसायीलाई कोरोना भाइरस नियन्त्रणका लागि प्रेस बिज्ञप्ति जारी गरि नगरपालिकाले गरेको निर्णय पालना गर्न पनि आग्रह गरिएको छ ।

प्रकाशित | २ भाद्र २०७७, मंगलवार १२:५५