अथक प्रयासपछि एनआरएन अभियान सफल भयो, अब समस्त नेपालीको घर-दैलोमा पुर्‍याऔं: कोषाध्यक्ष साह

काठमाडौं । गैर आवासीय नेपाली संघका कोषाध्यक्ष सुनील साहले गैर आवासीय नेपालीहरुको प्रमुख मुद्दाले सार्थकता पाएको बताउनु भएको छ । शुक्रबार गैर आवासीय नेपाली नागरिकता दिने विधेयक प्रतिनिधिसभाबाट पारित भएसँगै कोषाध्यक्ष साहले एक विज्ञप्ति जारी गर्दै २० औं बर्षको अथक प्रयास सफल भएको प्रतिक्रिया दिनु भएको हो ।

गैर आवासीय नेपाली अभियानलाई समस्त नेपालीहरुको घरदैलौमा पुर्याउन आवश्यक रहेकोमा जोड दिर्दै साहले भन्नु भएको छ, ‘गैर आवासीय नेपालीलाई नेपालको संविधानले प्रदान गरेको नागरिकताको अधिकारले पूर्णता पाएको छ । यो यात्रा निकै लामो थियो ।यो यात्रामा दिन रात खटेर गन्तब्य सम्म पुर्याउन सहयोग र योगदान गर्नु हुने, सम्पुर्ण अग्रज ज्यु हरु, सहयात्रीहरू, सुभचिन्तकहरुमा धन्यवाद साथै बधाईको पात्र हुनुहुन्छ । नेपाल सरकार, सम्मानित संसद, नेपालका बिभिन्न राजनैतिक दलहरु, पत्रकार साथीहरुमा म, सुनिल साह मेरो ह्रदय देखी हार्दिक धन्यवाद दिन चाहन्छु ।’

एनआरएनए यात्राको एक चरणले पूर्णता पाएको र नेपाल प्रतीको दायित्व अझ बढेको महसुस भएको उहाँले बताउनु भयो । आगामी दिनमा अझ सशक्त रुपमा नेपाल र नेपालीहरुको लागी संगठित भएर आआफ्नो दक्षता, क्षमता र सामर्थको लागानी गर्नुपर्नेमा उहाँको जोड छ ।

अग्रजहरुको निरन्तर प्रयास र मार्गदर्शन बाट यो सफलता हासिल भएको छ, उहाँले भन्नु भएको छ, ‘यो एेतिहासिक उपलब्धिले हामीमा थप उर्जा थपेको छ । यो उर्जालाई नेपाल र नेपालीको सम्रीद्धीको सपना साकार पार्ने पवित्र अभियानमा हामी सबैले संगठित रुपमा एक बद्ध भएर आ(आफ्नो तर्फ बाट हातेमालो गरौं, हाम्रौ पालामा नेपाललाई एक उन्नत र बिकसित देशको पहिचान दिलाऔं ।’

त्यस्तै, कोषाध्यक्ष साहले एनआरएन अभियानलाई अझ बिस्तार गर्दै समस्त नेपालीको घर दैलोमा पुर्याउनुपर्नेमा पनि जोड दिनु भएको छ । ‘यो अभियान दुःख-सुखमा साथि बन्न सकौं, हरेक नेपालीको माया पाउन सकौं’, उहाँले भन्नु भएको छ । साथै उहाँले आगामी यात्राको लागी साथ र समर्थनको लागि पनि सबैमा आह्वा गर्नु भएको छ ।


प्रकाशित | ७ श्रावण २०७९, शनिबार ११:४०