रातलाई अध्यारो भयो भनि सराप्नु भन्दा बत्ती बाली उज्यालो बनाउन लागिपर्नु बुद्धिमानी: सांसद बस्नेत

भक्तपुर: पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विकासलाई सबैले आत्मसाथ गर्न सक्नुपर्नेमा जोड दिनुभएको छ । सांसद बस्नेतले अध्यारो भयो भनि सराप्नु भन्दा एउटा बत्ती बाली उज्यालो वातावरण सिजर्ना गर्नुपर्ने धारणा ब्यक्त गर्नूभयो । जस्तिक तज टोल विकास समितीको आयोजनामा हुनमन्ते नदीमा निर्माण गरिएको ट्रस पुलको उद्घाटन कार्यक्रममा बोल्दै सांसद बस्नेतले विकासमा विरोध नभई सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘रातलाई सराप्ने हैन, सक्छौं भने एउटा बक्ति बाल, रातलाई नसराप । रातलाई सरापेर समय खेर नफाल्नुहोस्, एउटा बत्ती बाल्नुहोस् । रातमा एउटा बत्ती पनि नवाल्ने अनि रातभरी अध्यारोमा बसेर सराप्ने कार्य छाड्नुहोस् ।’

हनुमन्ते करिडोर निर्माण प्रकृयलाई पनि वास्तविकतालाई लुकाई गलत तरिकाले प्रचार गरिएको बताउँदै उहाँले भन्नुभयो, ‘विभिन्न व्यक्तिले विभिन्न प्रकारका आफ्ना व्यक्तिगत स्वार्थका कारण कुण्ठाहरु प्रस्तुत गर्न सक्छन्, जुन मानविय कमजोरी हो । विभिन्न मानिसका स्वार्थहरु विभिन्न ठाउँमा ठोक्किएला त्यो उनीहरुको मानविय कमजोरी हो । सामुहिक स्वार्थ र राष्ट्रिय स्वार्थ जहिले पनि व्यक्तिगत स्वार्थभन्दा माथि हुन्छ । कुनै व्यक्तिगत अनेक स्वार्थमा हनुमन्ते करिडोरलाई प्रयोग गर्छ भने त्यो नसोचे हुन्छ, यो भक्तपुरका जनताले सहजै रुपमा व्यक्तिगत स्वार्थ पुरा हुन दिने छैनन् ।’

अघिल्लो वर्षभन्दा बढी पानी यो वर्ष परेता पनि यो वर्ष करिडोरका कारण डुवान नभएको जसले स्थानीयवासीमा करिडोर निर्माणको लागि थप उत्साह पैदा भएको बताउँदै सांसद बस्नेतले जनताको सुझाव आगामी वर्ष करिडोर बालकुमारीसम्म पुर्याउनु पर्ने रहेको बताउनुभयो । काम रोकिन्छ की, विवाद छ रे भन्ने स्थानीयवासीको आशंका रहेको बताउँदै उहाँले सामाजिक तथा राष्ट्रिय स्वार्थभन्दा माथि व्यक्तिगत स्वार्थ नहुने भएकाले करिडोर निर्धारित समयमा नै सम्पन्न हुनेमा कुनै शंका नगर्न स्थानीयवासीलाई आग्रह समेत गर्नुभयो ।

कतिपय विरोधी मानिसहरुले कहाँ गल्ती र कमजोरी होला भनेर हेरिरहने गरेको बताउँदै उहाँले भन्नुभयो, ‘राजनीतिमा विरोधिको भूमिका पावर वाला चस्मा जस्तै हो । कहिले काँही हामीले नदेखेको कुराहरु विरोधिले देखाईदिनुहुन्छ । त्यसैले उहाँहरुको भूमिकालाई पावरवाला चस्माको संज्ञा दिएको छु ।’ उहाँले अवको दुई वर्ष पछि बालकुमारीदेखि भक्तपुरसम्म अरनिको राजमार्गको बैकल्पीक राजमार्गको रुपमा सञ्चालनमा ल्याएरै छोड्ने प्रतिवद्धता समेत दोहोर्याउनुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख तथा हुनुमन्ते ते नदी सफाई अभियानका संयोजक बाशुदेब थापाले सूर्यविनायक नगरपालिकाले सोचभन्दा बढी विकासमा गति लिएको बताउनुभयो । प्रमुख थापाले विकासमा नमूना बन्दै गएकोमा  नगरबासीमा निकै उत्साह र खुसीयाली छाइरहेको विचार ब्यक्त गर्नुभयो । कार्यक्रममा सहसंयोजक तथा उपप्रमुख जुनादेवी बस्नेत, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।


प्रकाशित | ४ श्रावण २०७६, शनिबार १९:१२