एनआरएनए निर्वाचन : ३३ पदमा निर्विरोध, नेतृत्वमा केसी र थापाबीच प्रतिस्पर्धा हुने

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को यही २४–२५ मार्चमा हुन लागेको निर्वाचनमा ६१ जनाको उम्मेदवारी परेको छ । ६० पदमध्ये ३३ पदमा भने निर्विरोध भएको छ ।

निर्वाचन समितिले मंगलबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दै उम्मेदवारी दिएका ६१ मध्ये एक जनाले उम्मेदवारी फीर्ता लिएको जनाएको छ । 

६० पदमा ११ पद खाली भएको छ । खाली हुने पदमा अफ्रिका क्षेत्रीय उपसंयोजक १ वटा, मध्य पूर्व महिला संयोजक १ वटा, एसिया, प्यासिफिक र मध्य पूर्व गरि क्षेत्रीय युवा संयोजक २ वटा, ओसेनिया, मध्य पूर्व र अफ्रिका गरि क्षेत्रीय महिला उपसंयोजक ३ र मध्य पूर्व, एसिया प्यासिफिक, अफ्रिका र ओसनिया गरि ४ वटा क्षेत्रीय युवा उपसंयोजक छन् । 

निर्वाचन समितिका अनुसार अध्यक्ष पदमा वर्तमान उपाध्यक्षद्वय डा. बद्री केसी र रविना थापाको उम्मदेदवारी परेको छ ।

एनआरएनएको ६ उपाध्यक्ष पदको लागि ८ जनाको उम्मेदवारी परेको छ भने महिला उपाध्यक्षमा साउदी अरबबाट यासमिन बेगम र युवा उपाध्यक्षमा रोशन थापा निर्विरोध हुनु भएको छ ।

खुल्ला ४ जनामा ६ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा ओमानबाट डम्बरबहादुर (डिबी) क्षेत्री, अष्ट्रेलियाबाट धर्मराज अधिकारी, बेलायतबाट डा. हेमराज शर्मा, कतारबाट राजेन्द्रकुमार शर्मा, जापानबाट टंकप्रसाद गैरे र बेलायतबाट जयप्रकाश गुरुङ हुनुहुन्छ ।

एक महासचिव पदको लागि अमेरिकाबाट गौरीराज जोशी र युकेबाट विनय अधिकारीको उम्मेदवारी परेको छ।

त्यसैगरी ४ जना सचिवमा महिला सचिवमा हङकङबाट राधिका गुरुङ निर्विरोध हुनु भएको छ । खुल्ला ३ जना सचिवको लागि युकेबाट रामशरण सिम्खडा, जापानबाट अजिव (ओम) गुरुङ, क्यानडाबाट चिरञ्जीवी घिमिरे, अमेरिकाबाट शंकर खड्का, अष्ट्रेलियाबाट अभिमानसिंह बस्नेतबीच प्रतिस्पर्धा हुने भएको छ ।

यस्तै कोषाध्यक्षमा बेल्जियमबाट लोकप्रसाद दाहाल र नेदरल्याण्डबाट फडिन्द्र पन्तबीच प्रतीस्पर्धा हुने भएको छ । सहकोषाध्यक्षमा अमेरिकाबाट यमुना भट्टराई तथा दक्षिण कोरियाबाट यज्ञराज सुवेदी निर्विरोध हुनु भएको छ ।

त्यसैगरी, महिला संयोजकमा संगीता मरहठ्ठा, युवा संयोजकमा रविन्द्र खड्का निर्विरोध हुनु भएको छ । यस्तै क्षेत्रीय संयोजकमा मध्यपूर्व संयोजकमा राजेन्द्र अर्याल (जोन), एसिया प्यासेफिकमा पारसमणि पोखरेल, युरोप संयोजकमा सन्तोषकुमार भट्टराई, अमेरिकाज संयोजकमा प्रकाश सापकोटा, अफ्रिका संयोजकमा राजकुमार थापा निर्विरोध निर्वाचित हुनु भएको छ ।

ओसेनिया क्षेत्रीय संयोजक एक पदको लागि लालबहादुर केसी, दिपक शर्मा, दिनेशराज जोशीबीच प्रतिस्पर्धा हुने भएको छ । युरोप उपसंयोजक तीन पदको लागि ४ जनाको उम्मेदवारी परेकोमा सागर सुवेदीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि ललितकुमार न्यौपाने, डा. नवराज रोस्यारा, चित्रबहादुर सुवेदी निर्विरोध निर्वाचित हुनु भएको छ ।

यस्तै एसिया प्यासिफिकमा दुई पदको लागि तीन जनाको उम्मेदवारी परेको छ । ददिवल खड्का, नवीन विक, हरिप्रसाद भट्टराईबीच निर्वाचन हुने भएको छ ।

यस्तै अमेरिकाजमा अभिमन्यु बस्नेत, पुरुषोत्तम बोहोरा निर्विरोध निर्वाचित हुनु भएको छ । मध्यपूर्वको दुई उपसंयोजक पदमा तीन जनाबीच निर्वाचन हुने भएको छ । लालप्रसाद पुन, अमित राई, कृष्णबहादुर हमालबीच निर्वाचन हुने भएको हो । उता ओसेनिया उपसंयोजकमा लागि अशोक केसी र रामराज ओली निर्विरोध हुनु भएको छ ।

सबै महिला संयोजक निर्विरोध भएको छ । अमेरिकाज् क्षेत्रीय महिला संयोजकमा तृष्णा शर्मा, पानकुमारी मल्ल युरोप, शान्तिदेवी अधिकारी एसिया प्यासेफिक, उषाकिरण बरिया ओसेनिया संयोजकमा निर्विरोध हुनु भएको हो ।

उपसंयोजकमा इन्दिरा त्रिपाठी अमेरिकाज, डा. इन्दिरा तिवारी एसिया प्यासेफिक उपसंयोजकमा निर्विरोध निर्वाचित हुनु भएको छ । त्यस्तै क्षेत्रीय युवा संयोजकमा किरण गुरुङ – युरोप, स्वराज खाती– क्षेत्रीय युवा संयोजक, रोजनराज घिमिरे – अफ्रिका र प्रदीप रुपाखेती ओसेनिया युवा संयोजकमा निर्विरोध हुनु भएको छ ।

क्षेत्रीय युवा संयोजकमा युरोपबाट रोबट लिम्बू र अमेरिकाज्बाट ईश्वर खत्री निर्विरोध हुनु भएको छ ।


प्रकाशित | १ चैत्र २०७८, मंगलवार २०:००