द बेस्टमा मेस्सीको भोट रोनाल्डोलाई !

एजेन्सी: स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले सन् २०१९ को फिफाको ‘द बेस्ट’ खेलाडीको अवार्ड जितेका छन् । यसक्रममा मेस्सीले चिर परिचित प्रतिद्वन्द्वी रोनाल्डोलाई पनि मतदान गरे ।

मेस्सीले इंग्लिस क्लब लिभरपुल तथा नेदरल्यान्डका भर्जिल भान डाइक र पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै यसबर्षको बेस्ट खेलाडीको अवार्ड जितेका हुन् । मेस्सीले कुल ४६ अंक जोड्दै छैटौं पटक अवार्ड जित्न सफल भए । भान डाइकले ३८ अंक तथा रोनाल्डोले ३६ अंक पाए । फिफाको वेस्ट बर्ष खेलाडीको छनोट फिफामा आवद्ध सबै देशका प्रशिक्षक र कप्तानले दि बेस्टका लागि मतदान गरेका थिए ।

सार्वजनिक गरिएको मतदानमा अवार्ड विजेता मेस्सीले रोनाल्डोलाई दोस्रो सुचीमा राख्दै भोट गरेपनि रोनाल्डोले मेसीलाई बेस्ट खेलाडीको सुचीमा भोट नदिएको खुलासा भएको छ । मेस्सीले आफ्नो पहिलो भोट साडियो मानेलाई दिएका छन् । दोस्रोमा रोनाल्डो र तेस्रोमा फ्रान्की डि जोङलाई दिएका छन् ।

रोनाल्डोले आफ्नो पहिलो भोट म्याथिस डि लेग्टलाई दिएका छन् । दोस्रो भोट फ्रान्की डि जोङ र तेस्रो भोट केलियन एम्बाप्पेलाई दिएका छन् । भर्जिल भान डाइकले आफ्नो पहिलो भोट मेस्सीलाई दिएका छन् । दोस्रोमा मोहम्मद सलाह र तेस्रो भोट साडियो मानेलाई दिएका छन् ।


प्रकाशित | ७ आश्विन २०७६, मंगलवार १७:४५