प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार: चिकित्सक

काठमाडौं : प्रधानमन्त्रीको केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार आएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा सफल मिर्गौला प्रत्यारोपण भएको प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार आएको चिकित्सकहरुले जनाएका हुन ।

अस्पतालका कार्यकारी निर्देशक प्रेम कृष्ण खड्गाले दोस्रो दिन प्रधानमन्त्रीको प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालीसकेको जानकारी गराउनुहुँदै उहाँलाई आजदेखि तरल तथा नरम आहार दिन शूरु गरिसकिएको बताउनुभयो ।

त्यस्तै ओलीका सबै मुख्य सूचकांकहरु राम्रो अवस्थामा रहेको पनि खड्गाले जानकारी गराउनुभयो ।

No photo description available.


प्रकाशित | २२ फाल्गुन २०७६, बिहीबार १६:४५