चलचित्र ’हृदय भरी’ को छायाँकन शूरु

काठमाडौं – चलचित्र ’हृदय भरी’ को छायाँकन शूरु भएको छ । राजधानीबाट सुरु फिल्मको छायाँकन लगभग ४५ दिनसम्म चल्नेछ । निर्देशक सुरज सुब्बा नाल्बोका अनुसार राजधानीमा रहेको ’द भ्वाइस अफ नेपाल’ को सेटमा परिवर्तन गर्दै ब्युटीप्याजेन्टको सिनको छायाँकन भईरहेको छ ।

फिल्ममा पल शाह , निर शाह , सुनिल थापा , काश बाबु , अनुराग कुवंर , निर्मल शर्मा , सलोन बस्नेत , रेखा लिम्बु , मनोज केसी , कविता रेग्मी , अभिदिथ खाती , बिके श्रेष्ठ , दिपक गजमेर , प्रेम श्रेष्ठ, हटीनटी अनुपम श्रेष्ठ , आयुषमान घिमिरे, सुमन श्री लगायतको अभिनय रहनेछ । फिल्म मार्फत श्रद्धा छेत्री नेपाली फिल्ममा डेब्यु गर्नुहुनेछ । भारतको कोलकत्तामा बसोबास गर्दै आएकी श्रद्धा त्यहाँ चिनिने मोडल हुनुहुन्छ ।


प्रकाशित | १६ चैत्र २०७५, शनिबार १५:३९