एनआरएनए उपाध्यक्षमा यम कुमार (त्रिलोक) गुरुङको उम्मेदवारी, ८ बुँदे प्रतीबद्धता सार्वजनिक

हङकङ – गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा यम कुमार (त्रिलोक) गुरुङले ८ बुँदे प्रतीबद्धतासहित उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नु भएको छ । संघको आगामी २०२१-२०२३ कार्यकालको लागि गुरुङले विभिन्न ८ बुँदे प्रतीबद्धतासहित उम्मेदवारी घोषणा गर्नु भएको हो ।

सन् २००६ देखि २०११ सम्म एनआरएनए हङकङको अध्यक्ष रहनु भएको गुरुङले सन् २०११ देखि २०१३ मा एसिया प्याशिसिफ क्षेत्रीय संयोजक र सन् २०१३ देखि २०२१ कार्यकालमा सल्लाहकारको भूमीका निर्वाह गरिसक्नु भएको छ ।

This image has an empty alt attribute; its file name is trilok1-1-765x1024.png

गुरुङले आफ्नो उम्मेदवारी गैर आवासीय नेपाली नागरिकताको निरन्तरता, युवा पीढीको सहभागिता, महिला सशक्तीकरण, कोभिड -१९, वैदेशिक रोजगारी, संस्थामा प्रणालीको विकास र सुधार, नेपालमा लगानीमैत्री वातावरण र भूपू गोर्खा सैनीकहरुको आवाज बुलन्द गर्नका लागि भएको बताउनु भयो ।


प्रकाशित | २८ भाद्र २०७८, सोमबार १६:३६