अन्यायको बिरुद्ध न्यायालयको ढोकासम्म पुग्छौ : अभिनेत्री केकी अधिकारी

काठमाडौँ – अभिनेत्री केकी अधिकारीले अब हरेक अन्यायका बिरुद्धमा लड्ने बताएकी छन् ।सामाजिक सञ्जालमा एक लामो स्टाटस पोष्ट गर्दै केकीले कहिलेकाहीँ बोल्नुपर्र्ने बिषयमा समेत आफुहरु नबोलेको बताउँदै अबका दिनमा भने हरेक अन्यायका बिषयमा लड्ने बताएकी हुन् ।

उनले लेखेकी छन, ‘राष्ट्रियस्तरका सञ्चारमाध्यमहरुबाट खुल्लमखुल्ला नेपाली महिला कलाकारहरुको शारीरिक बनावटमाथि छुद्र टिप्पणी गर्दा र संस्कारको मापदण्ड उनले लगाउने पहिरनसँग जोडिदिँदा हामीले जनाएको विरोधमा, तपाईहरुको प्रतिकृयात्मक विद्वता यस्तै वा यो भन्दा गम्भीर प्रकृतिको अर्को घटनामा किन बोलिन्स् भन्ने मै सिमित रहेको देख्दा अफशोच लागिरहेको छ’ केकी अगाडि थप्छिन् ‘  तपाईहरुको यस्तै टिप्पणीहरुले नै शायद पटकपटक घट्ने यस्तै घटनाहरु सामान्यीकरण हुँदा हुन् । कमसेकम एकचोटी साथ र समर्थन दिएर न्यायलाई स्थापित गराउन मद्दत त गर्नुहोस् ।’

सबै बेला उतिकै शक्तिशाली र ऐक्यताबद्ध भएर बोल्नुपर्ने विषयमा बोलेनौँ होला, लड्नुपर्ने मैदानमा लडेनौँ होला, अग्रपंक्तिमा उभिन सकेनौँ पनि होला । कमीकमजोरीहरु भए होलान् ।’ उनले एक मुठ्ठी सास र एक झिल्का आगो आफुहरुसँग भएको जानकारी गराउँदै त्यो सास, आगो भएसम्म लडने बताएकी छन् ।

नेपाली चलचित्र क्षेत्रका विद्वान टिप्पणीकारज्यूहरु, भन्दै सुरु गरेको लामो स्टाटसमा उनले कहिलेकाँही देखिने गरि आफुले पाएका मञ्चहरु लड्ने र कहिलेकाँही हात समाई पंक्तिबद्ध भएर न्यायालयको ढोकासम्म पुगेर लड्ने समेत उल्लेख छ । उनले अझ अगाडि लेखेकी छन्– ‘संघर्षका माध्यम र स्वरुप फरक भए होलान् । तर चिन्ता नगर्नुस्, हामी लड्छौँ ।’


प्रकाशित | २९ श्रावण २०७७, बिहीबार २०:४५