आईसीसी यू -१९ विश्वकप एसिया छनोट : नेपाली क्रिकेट टोली मलेसिया प्रस्थान

काठमाडौं : आईसीसी यू -१९ विश्वकप एसिया छनोटको लागि नेपाली यू -१९ क्रिकेट टोली मलेसिया प्रस्थान गरेको छ । अप्रिल १२ देखी १८ सम्म मलेसियामा हुने प्रतियोगिताको लागि नेपाली टोली मलेसिया प्रस्थान गरेको हो । जसमा नेपाली युवा टोलीको कप्तानीको जिम्मेवारी रोहितकुमार पौडेललाई दिइएको छ ।

यू १९ विश्वकप छनोटका लागि घोषणा भएका १४ सदस्य टोलीमा रोहित कुमार पौडेल (कप्तान), आशिफ शेख, पवन सरार्फ, भिम सार्की, सन्दीप जोरा, सागर ढकाल, रित गौतम, कमल सिंह ऐरी, राशिद खान, सूर्य तामाङ, अभिषेक बस्नेत, कुशल मल्ल, हरि बहादुर चौहान, प्रतिस जिसी, फिसियल विनोद दास (प्रमुख प्रशिक्षक), रमन शिवाकोटी – टेक्नीकल म्यानेजर र विक्रम न्यौपाने ( फिजियो ) सहभागि हुनुहुन्छ । टोलीमा १४ खेलाडी र ३ अफिसियलसहित कुल १७ जना हुनुहुन्छ ।

टोलीलाई एक कार्यक्रम गर्दै राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिब केशव कुमार विष्ट र नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक जगत टमटाले राष्ट्रिय झण्डा प्रशिक्षक विनोद दास र कप्तान रोहित कुमार पौडेललाई हस्तान्तरण गर्दै विदाई गर्नुभयो ।

नेपालले १२ अप्रिलमा सिंगापुरसँग पहिलो खेल खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ । दोस्रो खेल १३ अप्रिलमा यूएई,१५ अप्रिलमा मलेसिया,१६ अप्रिलमा ओमान र १८ अप्रिलमा कुवेतसँग खेल्ने कार्यतालिका रहेको छ ।


प्रकाशित | २३ चैत्र २०७५, शनिबार १६:५३