जापानबाट दोस्रो चार्टर उडानमा उडे २ सय ६३ नेपाली

टोकियो : कोभिड १९ महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने क्रम जारी छ । आज दोस्रो पटक जापानको नारीता एयरपोर्टबाट पुरुष महिला सहित २ सय ६३ नेपाल फर्केका हुन ।

Bhandari Debilal को फोटो।

एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारीका अनुसार उनीहरु नेपाल एयरलाइन्सको बिमान मार्फत नेपाल फर्किएका हुन । जापानमा समस्यामा परेका नेपालीलाई नेपाली राजदूतावास र एनआरएनएको संयुक्त पहलमा उद्धार गरिएको हो ।

Bhandari Debilal को फोटो।

यसअघि जुन २० तारिखमा २३५ नेपाली फर्किसकेका छन् ।


प्रकाशित | ११ असार २०७७, बिहीबार १०:३२