अभिषेक र मञ्जलीलाई उदयमान खेलाडीको अवार्ड

काठमाडौं:  अभिषेक रिजाल र मञ्जली कुमार योञ्जनले बर्षको उदयमान खेलाडीको अवार्ड प्राप्त गरेका छन् । घरेलु फुटबलमा प्रभावशाली प्रर्दशन गर्दै आएका अभिषेक र मञ्जलीले बर्षको उदयमान खेलाडी अवार्ड प्राप्त गरेका हुन् ।

अभिषेक पछिल्लो समय घरेलु फुटबलको लोकप्रिय क्लब मनाङ मस्र्याङ्दीमा आवद्व छन् । मञ्जलीले विराटनगरमा भएको महिला साफमा उत्कृष्ट प्रर्दशन गर्दै नेपाललाई फाईनल सम्मको यात्रा तय गराएकी थिईन् । एन्फाले प्रत्येक बर्ष जेठ २२ गते एन्फा दिवस मनाउने निर्णय अवार्ड कार्यक्रमको आयोजना गरेको हो ।

यस्तै बर्षको उत्कृष्ट पुरुष रेफ्रीबाट लव खत्री र महिला रेफ्रीमा अस्मिता मानन्धनले अवार्ड प्राप्त गरे । बर्ष उत्कृष्ट प्रशिक्षकमा हरी खड्काले अवार्ड थापे । उनकै नेतृत्वमा नेपालले महिला साफमा फाइनल सम्मको यात्रा तय गरेको थियो ।

यस्तै अन्तराष्ट्रिय जगतमा खेल्ने उत्कृष्ट फुटबल खेलाडीको अवार्ड रोहित चन्द र किरणकुमार चेम्जोङले प्राप्त गरेका छन् । राष्ट्रिय टिमका दुई महत्वपुर्ण सदस्य रहेका रोहित र किरण अहिले विदेशी लिगमा अनुबन्धन भएका छन् ।

रोहितले इन्डोनेशियाको पर्सिजा जार्काता र किरणले माल्दिभ्सको टिसी स्पोर्टसबाट व्यवसायीक फुटबल करियर अघि बढाईरहेका छन् ।  यस्तै लाइभ टाईम एचयुभमेन्ट अवार्डबाट भागिरथ आलेले प्राप्त गरे । भागिरथबाट प्रशिक्षित थुप्रै खेलाडीले राष्ट्रिय फुटबल टिमबाट आफुलाई स्थापित गरेका छन् । यस्तै फुटबलमा विशेष योगदान गर्ने पुरुष खेलाडी अवार्डबाट जुमानु राई र महिला खेलाडीबाट अनु लामाले अवार्ड थापेका छन् । खेलपाटी


प्रकाशित | २२ बैशाख २०७६, आईतवार १९:३९