तनहुँका पहिरो पीडितलाई अमेरिकाबाट त्रिपाठी र पन्तको सहयोग

तनहुँ : तनहुँको विभिन्न ठाउँका पहिरो पीडीतलाई अमेरिकाबाट प्राप्त सहयोग वितरण गरिएको छ । तनहुँमा पहिरोको कारण ज्यान गुमाएका परिवारका सदस्यहरुलाई राहतस्वस्वप सहयोग वितरण गरिएको हो ।

अमेरिकाबाट गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाज् क्षेत्रीय संयोजक राजन त्रिपाठी र अमेरिकाका उपाध्यक्ष कृष्णजीवी पन्तले पठाउनुभएको सहयोग नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीले वितरण गर्नुभयो ।

अमेरिकामा बस्दै आउनुभएको त्रिपाठी र पन्त तनहुँ जिल्लाबासी हुनुहुन्छ । यसअघि पनि उहाँहरुले जिल्लामा मानवीय सहयोग गर्दै आउनुभएको छ ।


प्रकाशित | ७ श्रावण २०७७, बुधबार १५:२९