जेठ १५ गते बजेट सार्वजनिक हुने

काठमाडौं : जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा बजेट सार्वजनीक गरिने भएको छ । आर्थिक वर्ष २०७६ ०७७ को बजेट प्रस्तुत गर्नका लागि संघीय संसदको संयुक्त बैठक १५ गते ४ बजे बस्ने तय गरिएको हो । बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ बजेट प्रस्तुत गर्नुहुने कार्यक्रम छ । सोही दिन बेलुकी ६ बजे प्रतिनिधि सभाको अर्को बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।


प्रकाशित | १३ जेष्ठ २०७६, सोमबार १४:५१