युके जाने विद्यार्थीका लागि चितवनमा ‘बृहत् एजुकेसन फेयर २०२२’ हुँदै

चितवन : भरतपुरमा एसआई युके नेपाल शैक्षिक परामर्श संस्थाले युके पढ्न जाने विद्यार्थीलाई लक्षित गर्दै ‘बृहत् एजुकेशन फेयर २०२२’ को आयोजना गर्ने भएको छ । संस्थाले यही (जुलाई ९) अर्थात् असार २५ गते भरतपुर गार्डेन रिसोर्टमा ‘बृहत् एजुकेशन फेयर २०२२’ को आयोजना गर्ने भएको हो ।

अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य र विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष परामर्श र त्यस देशका विषयमा जानकारी गराउने उद्देश्यसहित एजुकेशन फेयर हुने भएको हो । संस्थाले यसअघि काठमाडौँमा एजुकेशन फेयर गरिसकेको र यही असार २५ गते चितवनमा गरिन लागेको संस्थाका निर्देशक विनय अधिकारीले जानकारी दिनुभयो ।

हालसम्म ३०० भन्दा बढी विद्यार्थीले फेयरमा सहभागी हुन फाराम भरेको बताउँदै उहाँले ६०० जनाको हाराहारीमा विद्यार्थीहरू फेयरमा सहभागी हुने अपेक्षा गरिएको बताउनुभयो । फेयरमा चितवन लगायत छिमेकी जिल्लाका विद्यार्थीहरू समेत सहभागी हुनेछन् ।

शैक्षिक मेला मार्फत विद्यार्थी तथा अभिभावकले १५ भन्दा बढी युकेका विश्वविद्यालय तथा शैक्षिक संस्थाको शैक्षिक शुल्क, सङ्काय, कोर्स, फी, छात्रवृत्ति तथा अन्य सेवा सुविधाका बारेमा जानकारी पाउने छन् । अधिकारीका अनुसार डकुमेन्टस पुरा गरेका विद्यार्थीहरूको अन द स्पट भर्ना गरिनेछ ।

एजुकेशन फेयरमा सहभागी हुन आउने विद्यार्थीहरूले उक्त दिनबाट विदेश अध्ययनको प्रक्रिया सुरु गर्नेलाई निःशुल्क आईइएलटिएस, निःशुल्क भिसा प्रोसेसिङ र गिफ्ट ह्याम्पर समेत प्रदान गरिने उहाँले बताउनुभयो ।

डेढ दशक बेलायतमा बिताएका विनय अधिकारीले शैक्षिक मेलामार्फत विद्यार्थी र अभिभावकहरूलाई बेलायती शैक्षिक प्रणाली, गुणस्तर, कामको अवसर, कानुन, संस्कृति र नेपाली समुदायको विकासका बारेमा समेत जानकारी गराइने बताउनुभयो । यो बृहत् मेला नेपालमा सम्भवतः सबैभन्दा बढी विद्यार्थीको सहभागिता रहेको संस्थाको दाबी छ ।

एसआई ग्लोबलका शाखा कार्यालयहरू विश्वका ४० वटा देशमा सञ्चालन छन् । ४० मुलुकमा रहेर ७९ स्थानमा ग्लोबल कार्यालयहरूले सेवा दिँदै आएको छ । एसआई ग्लोबल १ सय ५८ विश्वविद्यालयसँग आबद्ध भएर विगत १६ वर्षदेखि शैक्षिक सेवा गरिरहेको संस्था हो ।


प्रकाशित | २२ असार २०७९, बुधबार १९:४८