काठमाडौं मेरिएट होटल एडमामेमा चिनियाँ मेन्यु

काठमाडौं : नक्सालस्थित होटल मेरिएटको पहिलो तलामा रहेको आरामदायी, सम्पन्न तथा आकर्षक आधुनिक एसियन शैलीको एडमामेले नयाँ चाइनिज मेन्यु सुरु गरेको छ । ‘ओक एन्ड बउल’ नामक उक्त मेन्युमा हरेक शनिबार लञ्च आवरमा मौलिक चिनियाँ व्यञ्जन उपलब्ध हुने होटलले जनाएको छ । उक्त रेस्टुराँमा जापानी, चिनियाँ र थाइल्यान्डका मौलिक परिकार पहिलेदेखि नै उपलब्ध छन् । हालै सुरु भएको नयाँ मेन्युमा दिम्सम, राइस बउल र लिप स्म्याकिङ वाओस, हास, चिकेनलगायतका परिकार छन् ।

मिक्स शाकाहारी रोल्स र लिम्पियाजलगायत परिकार पनि रेस्टुराँमा पाइने भन्दै होटलले एडमामेको सेटिङ निकै आकर्षक, जटिल ढाचाँ, भव्यवस्त्र र एसियनकलाको फ्युजन रेस्टुराँमा देख्न पाइने पनि बताएको छ । डिजाइनले प्राचीन सभ्यताको रहस्य र यसबाट अलग्गिदा ब्रम्हाण्डमा गरिएको भोजन अमूल्य भोेजनको अर्थ दिन्छ । हरेक सामग्रीको उत्पादन र गुणस्तर उत्पादनलाई ध्यानमा राख्ने गरेको प्रष्ट पार्छन् । एडमामेका कार्यकारी सेफ सञ्जीव रञ्जन र सेफ निन्जा भन्छन्, “खानाको स्वाद र गुणस्तरलाई ध्यानमा राखि स्वस्थ परिकार पस्किने गरेका छौं ताकी एकपटकको स्वाद पनि यादगार बनोस् ।”


प्रकाशित | २५ मंसिर २०७६, बुधबार ११:०७