कलंकीमा पूर्वउपसचिवको छोरीलाई लक्षित गरी गोली प्रहार

काठमाडौ : काठमाडौको कलंकी मन्दिर नजिकै विष्णु प्रसाद शर्माको घरमा गोली प्रहार भएको  छ। काठमाडौंको कलंकीमाई मन्दिरस्थित सामाजिक मार्गमा रहेको पूर्वउपसचिव शर्माको घरमा गोली प्रहार भएको हो । प्रहरीका अनुसार शर्माको तीनतले घरमा बाहिरबाट गोली प्रहार भएको र उक्त स्थानबाट गोलीको खोका समेत बरामद गरिएको छ । तीनतले घरको दोस्रो तलामा १९ वर्षीया छोरी अध्ययन गरिरहेकी थिइन ।

बाहिरबाट हानेको गोली कोठाको जालीबाट भित्र छिरेको भए पनि उनीमाथि भने नलागेको प्रहरीले जनाएको छ । महाशखाका प्रवक्ता केदार ढकालका अनुसार वरिपरिका घर खानतलासी गर्दा दुई थान हतियार फेला परेको छ । घटनाको बारेमा महानगरीय अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ। ।


प्रकाशित | १४ श्रावण २०७६, मंगलवार १२:२८