सूचनाको हक कार्यान्वयनमा नगरपालिका प्रतिबद्ध : मेयर बासुदेव थापा

भक्तपुर : सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाले सूचनाको हक कार्यान्वयनमा नगरपालिका प्रतिबद्ध रहेको बताउनुभएको छ ।

राष्ट्रिय सञ्चार केन्द्रको आयोजना र सूर्यविनायक नगरपालिकाको सहयोगमा ‘सूचनाको हक र सकारात्मक सोच’ विषयक एकदिने अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै मेयर थापाले नगरपालिका यसअघिदेखि नै सूचनाको हक कार्यान्वयनमा प्रतिवद्ध रहेको र यो निरन्तर जारी रहने बताउनु भयो ।

उहाँले सूचनाको हकसँगै जोडिएर आएको ‘सकारात्मक सोच’ विषयक प्रस्तुतीले सकारात्मक ढंगबाट सूचनाको आदानप्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने पनि बताउनु भयो ।

मेयर थापाले नगरपालिका र पत्रकारबीच सुमधुर सम्बन्ध स्थापीत हुँदै आएको र समृद्ध नगरपालिका निर्माणमा पनि सहयोग पुगीरहेको बताउनु भयो ।

nmc 3.jpg

कार्यक्रममा सूचना आयोगका पूर्व आयुक्त किरण पोखरेलले सूचनाको हकको सम्बन्धमा प्रस्तुति दिनु भएको थियो । उहाँले सूचनाका हक अन्तर्गत सूचना माग्ने र पाउने अधिकार मात्रै नपर्ने उल्लेख गर्दै त्यसलाई अध्ययन गर्ने र सकारात्मक रुपले ग्रहण गर्नसक्ने अवस्थामा मात्रै यसको वास्तविक रुपमा यसको उपलब्धि देखिने बताउनु भयो ।

सूचनाको हक लोकतन्त्रको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै पोखरेलले २०४७ सालको प्रजातन्त्रको मुख्य कमजोरी सूचनाको हकको प्रत्याभूति गर्न नसक्नु रहेको बताए । २०६२र६३ को जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएलगत्तै २०६४ सालमा सूचनाको हकसम्बन्धी ऐन आउनु नयाँ व्यवस्थाको महत्वपूर्ण पक्ष भएको उनले बताए ।

May be an image of 2 people, people standing and indoor

सूचनाको हकसम्बन्धी ऐनले प्रत्येक सार्वजनिक निकायलाई २० बुँदे ढाँचामा ३र३ महिनामा सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको उल्लेख गर्दै थप सूचनाका लागि सम्बन्धित व्यक्तिले जहिलेसुकै सूचना माग गर्नसक्ने उल्लेख उनको भनाइ छ । त्यसरी सूचना नपाएमा सूचना आयोगमा पुनरावलोकन उजुरी दिनसक्ने व्यवस्था रहेकोले यसलाई प्रयोग गरेर सार्वजनिक क्षेत्रलाई पारदर्शी बनाउन सहयोग गर्न सकिने उनले बताए ।

सो कार्यक्रममा सकारात्मक सोचसम्बन्धी विषयमा रमण भट्टराई नेपालीले प्रस्तुती दिनु भएको थियो । उहाँले सकारात्मक सोचाइका लागि शरीर र मन दुवैबाट सकारात्मक उर्जा सिर्जना गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्यले केन्द्रले सञ्चारकर्मीको व्यवसायिक क्षमता विकासमा काम गरिरहेको उल्लेख गर्दै त्यसैको निरन्तरतास्वरुप कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

कार्यक्रममा पत्रकार महासंघ भक्तपुरका निवर्तमान अध्यक्ष पुष्करराज बुढाथोकीले एउटै विषयलाई सोच्ने तरिका फरक फरक हुनसक्ने भन्दै आधा गिलास पानीलाई ‘आधा गिलास भरी’को रुपमा बुझ्न कार्यक्रम महत्वपूर्ण हुने बताउनु भयो ।

कार्यक्रममा मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चा‌ैलागाईले पनि सकारात्मक सोच र मानव कल्याण समाजका बारेमा भनाई राख्नु भएको थियो ।


प्रकाशित | १८ असार २०७९, शनिबार २१:०७