नेपाली बजारमा डेष्टिनी १२५ स्कूटर: मूल्य भ्याटसहित २ लाख ६ हजार

काठमाण्डौ: नेपाली बजारमा आइथ्रीएस प्रविधिसहितको स्कूटर ‘डेस्टिनी १२५’ भित्रिएको छ । यसको मूल्य मूल्य भ्याटसहित २ लाख ६ हजार राखिएको छ । हिरो मोटोकर्प लिमिटेडले सो प्रविधिसहितको फेमिली स्कूटर डेस्टिनी १२५ बजारमा ल्याएको हो । ग्राहकको चाहनालाई ध्यानमा राखेर आइथ्रीएस प्रविधिजडित डेष्टिनी १२५ स्कूटर नेपालमा पनि ल्याइएको कम्पनीका प्रमुख रजत भार्गभले जानकारी दिनुभयो ।


प्रकाशित | ४ बैशाख २०७६, बुधबार १३:३०