आजबाट २७ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइदैं

काठमाडौँ । ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई आजबाट कोभिड–१९ विरुद्धको खोप लगाइदैं छ । बालबालिकालाई विद्यालयमै खोप दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बालबालिकालाई १५ असारसम्म पहिलो डोज र साउन २ गतेदेखि ८ गतेसम्म दोस्रो डोज खोप दिइने छ ।

आजदेखि विभिन्न २७ जिल्लामा खोप कार्यक्रम सञ्चालन हुने मन्त्रालयले जनाएको छ । अन्य जिल्लामा भने भदौ ५ गते देखि खोप कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।


प्रकाशित | ९ असार २०७९, बिहीबार १०:१८