एनआरएनए मकाउलाई ऐतीहासिक मेडल: अध्यक्ष अधिकारीले जितीन करातेमा कांस्य पदक

काठमाडौं: आठौं राष्ट्रिय खेलकुद अन्तर्गत करातेको कुमुतेमा गैर आवासीय नेपाली संघको तर्फबाट मकाउबाट सहभागि एनआरएनए मकाउ अध्यक्ष शान्तीदेवी अधिकारीले काँस्य पदक जित्नु भएको छ । एनआरएनएको तर्फबाट सहभागि एनआरएनए मकाउ अध्यक्ष समेत रहनुभएको अधिकारीले करातेको कुमुतेमा कांस्य पदक जित्नुभएको हो ।

 

अध्यक्ष अधिकारीले खुला (६८ केजी ) तौलतर्फ काँस्य पदक (तेस्रो मेडल ) जित्न सफल हुनुभएको हो । यो जित सँगै एनआरएनए मकाउको इतिहासमा ऐतीहासिक मेडल बन्न पुगेको छ । यो सँगै एनआरएनलाई एउटा मेडल समेत थपिएको छ । यसअघि एनआरएनएको तर्फबाट क्यानडाबाट सहभागि सुवद्रा श्रेष्ठले महिला एकल काँता तर्फ रजत जित्नुभएको थियो ।

सो अवसरमा एनआरएनएको तर्फबाट युवा संयोजक सुदन थापा, सचिवालय श्रीराम घिमिरे, एनआरएनएका खेलाडी अफिसियल मनोज गोर्खाली तथा टिम कोच मुकेश बरुवाल, पर्शुराम घिमिर र अन्य सम्पूर्ण कराते खेलाडीहरुमा बधाई ज्ञापन गर्नुभएको थियो ।


प्रकाशित | ८ बैशाख २०७६, आईतवार २३:०२