‘साईला माया नलाम भो‘ मा प्रदीप र बेनिशा (भिडियो)

काठमाडौं : नयाँ गीत ‘साईला माया नलाम भो‘’ को भिडियो रिलिज भएको छ । गीतको भिडियो युट्युवबाट रिलिज भएको हो । संगीतकार बसन्त सापकोटाको आफ्नो शब्द, संगीत तथा स्वर रहेको गीतको भिडियोमा बसन्तसँगै बेनिशा पौडेलको पनि स्वर छ ।

गीतको भिडियोमा गायिका बेनिशा र प्रदीप बास्तोलाको अभिनय गरेका छन् । राजीव रमरको नृत्य निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका छन् । शान थापाको निर्देशनमा भिडियो बनेको हो ।


प्रकाशित | २९ बैशाख २०७६, आईतवार ०९:४१