नागरिक समाजको प्रदर्शनमा प्रहरीको लाठी चार्ज

काठमाडौँ । नागरिक समाजले बालुवाटारमा गरेको ‘मार्च पास’मा प्रहरीले हस्तक्षेप गरेको छ ।
शान्तिपूर्ण रुपमा कमलपोखरीदेखि बालुवाटारसम्म जाने क्रममा प्रहरीले भाटभटेनी अगाडि पुग्दा हस्तक्षेप गरेको हो ।
प्रहरीले हस्तक्षेप गर्दा केहि प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले लाठीचार्ज गरेपछि प्रदर्शनकारीहरुले प्रहरीबिरुद्ध नै नारा लगाएका थिए । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको विरोध गर्दै नागरिक अगुवा, कवि, कलाकार, लेखक लगायतका अभियन्ताहरु सोमबारको प्रदर्शनमा सहभागी थिए ।
शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरी प्रशासनले हस्तक्षेप गर्नुका साथै लाठी चार्ज गरेपछि लेखक तथा पत्रकार नारायण वाग्लेले यसलाई ‘तेस्रो जनआन्दोलन सुरु’ भएको संज्ञा दिनु भयो ।


प्रकाशित | १२ माघ २०७७, सोमबार १९:५८