एकीकृत समाजवादीले मन्त्रीहरुलाई फीर्ता बोलायो

काठमाण्डौ:  नेकपा (एकीकृत समाजवादी) मन्त्रीहरुलाई फीर्ता बोलाएको छ । समाजवादीले मन्त्रीहरुलाई फीर्ता बोलाएसँगै नयाँ मन्त्रीहरूको नाम पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।  पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री देउवालाई भेटेर नयाँ मन्त्रीको नाम बुझाउनुभएको हो ।

नयाँ मन्त्रीहरूमा सहरी विकास मन्त्रालयमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसङ्ख्यामा भवानी खापुङ, संस्कृतिमा जीवनराम श्रेष्ठ र श्रममा शेरबहादुर कुँवरको नाम सिफारिस गरिएको छ ।

त्यसैगरी हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । स्वस्थ्य राज्यमन्त्री खापुङलाई मन्त्रीमा बढुवा गरेर उहाँको ठाउँमा केसीलाई ल्याइएको हो ।

यसअघि एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ सरकारमा सहभागी हुनुहुन्थ्यो ।


प्रकाशित | २२ जेष्ठ २०७९, आईतवार २१:११