काठमाडौँ । प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाहरूमा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । आज रिट निवेदकका तर्फबाट पहिलो बहस बरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले गर्नु भएको छ ।
इजलासले ज्ञवालीलाई बहसका लागि ३० मिनेटको समय तोकिदिएको छ ।
यसअघि इजलासमा वकिललाई बहसको समय तोकिएको थिएन। एउटै वकिलले घन्टौं बहस गर्न थालेपछि न्यायाधीशले समयको ख्याल गर्न भनेका थिए तर समय तोकिएको थिएन ।
संवैधानिक इजलासमा आइतबारदेखि प्रतिनिधि सभा विघटनका मुद्दामा निरन्तर सुनुवाइ भइरहेको छ ।
प्रकाशित | ७ माघ २०७७, बुधबार १२:४२